देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

संबैधानिक इजलास गठन, क-कस्ले हेर्दैछन् प्रतिनिधिसभा विघटनबिरुद्धका मुद्दा ?

0

काठमाण्डौैं – प्रधान न्यायाधीश चोलेन्द्र समशेर जबराले प्रतिनिधिसभा विघटनबिरुद्ध परेका एक दर्जन रिटउपर आजदेखि सुनुवाइ थाल्न आफ्नो नेतृत्वमा नयाँ संबैधानिक इजलास गठन गरेका छन् ।

यसअघि वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्दा त्यसलाई बदर गराउन परेको मुद्दा हेर्ने दोश्रो वरियताका दीपककुमार कार्की र बहुमतको फैसला (वामदेवका निम्ति बाटो खोलिदिने) बिरुद्ध राय बझाउने इश्वर खतिवडालाई यसपटक दोहोर्याइएको छैन ।

प्रधानन्यायाधीश हुने रोलक्रमका हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ यो पटकको इजलासमा पनि परेका छन् । कार्की नेपाल बारका पूर्व अध्यक्ष र बिद्यार्थी जीवनदेखि नै नेकपानिकट हुनुहुन्छ भने श्रेष्ठलाई पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ निकट मानिन्छ ।

अनिलकुमार सिन्हा कतैबाट प्रभावित नभई न्याय अन्याय हेर्ने न्यायाधीशमध्येमा गनिन्छ भने तेजबहादुर केसीलाई हरेक प्रधान न्यायाधीशले बिश्वासमा लिने गरेको पाइन्छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार