देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

संवाद छाडेर वाक्युद्धमा ओली-नेपाल, तिन बर्षमा खुलेको बोलचाल तिन महिनामा फेरी बन्द

0
<p>फाइ फोटो</p>

फाइ फोटो

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच बोलचाल बन्द भएको छ। नयाँ गठबन्धनसँगै तीन वर्षपछि सुरु भएको संवाद पछिल्लो समयमा आएर फेरि बन्द भएको हो ।

सरकार बनाउने अंक गणित पुर्‍याउनका लागि तीन वर्षपछि ओलीले नेपाललाई उनको घरमै गएर सत्ता गठबन्धनका लागि मनाएका थिए। तर, अहिले ओली र नेपालबीच सार्वजनिक भाषणमा गालीमा दोहोरी खेल्नेबाहेक भेटेर संवाद हुन छाडेको छ।

गत फागुन २१ मा सत्ता समीकरण परिवर्तन भएसँगै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको अगुवाइमा ओलीले नेपाललाई भेटेर वामपन्थी धारको गठबन्धनमा सहयोग गर्न आग्रह गरेका थिए ।

शनिबार ओलीले एमाले रसुवाको जिल्ला अधिवेशनमा सम्बोधन गर्ने क्रममा नेपाललाई कटाक्ष गर्दै कसैले मन नपराए पनि आफैंले आफैंलाई प्रधानमन्त्री बनिहाल्छु भन्दै हिँडेको टिप्पणी गरे ।

उनले भने – ‘अहिले पनि तपाईंहरूले देखिराख्नुभएको छ, एक जना मान्छे कराउँदै हिँडेका छन्। प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक दमको बिरामीले जस्तो गर्दछन् । प्रधानमन्त्री– प्रधानमन्त्री भन्छन् ।’

नेपालले पनि त्यसको विरुद्धमा जवाफ फर्काउँदै आएका छन्। ओलीप्रति लक्षित गर्दै अध्यक्ष नेपालले आफूहरू कसैको गालीगलौज सहनका लागि नजन्मेको भन्दै कसैको दास नबन्ने बताउँदै आएका छन्।

२०७४ को निर्वाचनमा कार्यगत एकता गर्दै २०७५ मा पार्टी एकीकरण गरेर नेपाल कम्युनिस्ट पार्टी बनाएका एमाले–माओवादी नेताले २ वर्षमै फुटको बाटो रोजेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार