देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

संविधानको मर्मअनुसार अधिकार प्रयोग गर्नुपर्छ : मुख्यमन्त्री राई

0

विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहका सरकारले संविधानको मर्म र भावना अनुसार आ–आफ्नो अधिकार प्रयोग गर्नुपर्ने बताएका छन् । नेपाल नगरपालिका संघले विराटनगरमा गरेको प्रदेशस्तरीय अन्तर सरकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले साझा अधिकारको प्रयोगसम्बन्धी कानून छिटो बनाउन संघीय सरकारलाई ध्यानाकर्षण गराइएको जानकारी दिए ।

उनले भने,“ साझा अधिकार प्रयोग सम्बन्धी कानून निर्माणमा संवेदनशील हुनुपर्छ ।”
मुख्यमन्त्री राईले स्थानीय तहले कानून निर्माण, कार्यान्वयन र जनतामा नजिता पस्कनुपर्नेमा जोड दिँदै आगामी दिनमा प्रदेश सरकारले कानून निर्माणमा स्थानीय तहसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

रासस

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार