देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

संविधानमा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नै छैन – सभामुख

0

काठमाडौं – विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सरकार गठन गर्ने विकल्प रहँदासम्म संविधानमा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नै नभएको बताएका छन्। बुधबार सभामुखकै हैसियतमा विज्ञप्ति जारी गर्दै उनले सरकार गठन गर्ने विकल्प रहँदासम्म संविधानमा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नै नभएको बताएका हुन् ।

संविधानको रक्षाका लागि राजनीतिक दलबीच उच्चस्तरीय समझदारीको आवश्यकता अझ बढेको समेत उनले उल्लखे गरेका छन्। उनले संवैधानिक सर्वोच्चताका लागि सांसद्, राजनैतिक दल, नागरिक समाज, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चारजगत् तथा सम्बद्ध सबै पक्ष संवेदनशील र गम्भीर बन्नुपर्ने बेला आएको उनको भनाइ छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार