देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन

0

काठमाडौं – संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । आफ्नै निवासमा हृदयघातपछि अस्पताल लैजाँदै गर्दा बाटोमै गएराति उनको निधन भएको हो।

उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइए पनि नेम्वाङलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। निधन भएको जानकारी पाएपश्चात प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे लगायतका नेताहरु अस्पताल पुगेका छन् ।

सांसद नेम्वाङको निधन भएपछि  शीर्ष नेताहरु अस्पताल जानेक्रम जारी रहेको छ। अहिले अस्पताल परिसरमा नेता/कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ।

संसदीय दलका उपनेता समेत रहेका नेम्वाङको शव पार्टी कार्यालय च्यासलमा राखिने भएको छ। एमालेका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ७ बजेदेखि पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा राखिने जानकारी दिए।

श्रद्धाञ्जली दिँदै ज्ञवालीले भने,‘यस निधनले नेपाली कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय आन्दोलनमा पुगेको क्षति अपूरणीय रहेको छ। यो रिक्तता कहिल्यै पुरिने छैन।’

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार