देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

संविधान उल्टाउन चाहनेलाई चुनावले राम्रो जवाफ दियो – प्रचण्ड

0

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डलेसंविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाको लागि सडकमा जानुपर्ने स्थिति आएको बताए ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै आजको दिनमा सरकारका बारे, नीति तथा कार्यक्रमबारे चर्चा गरिरहँदा आज पनि देशलाई फेरि राजनीतिक सहमति र साझा प्रयासको आवश्यकता देखिएको बताएका हुन् ।

उनले संसदमा जुन किसिमले आलोचना र घोचपेचको अवस्था देखियो यो गम्भीर रहेको बताए । उनले घोचपेच गर्ने परम्परा गम्भीरतातिर गएको प्रचण्डले बताए ।

उनले अहिलेको स्थानीय तहको निर्वाचनमा उल्लेख्य जनसहभागीता भएको बताउँदै कसले कति सिट ल्यायो भन्दा पनि लोकतन्त्रको रक्षाका लागि अगाडि बढेका छौं कि छैनौं भन्ने महत्वपूर्ण रहेको बताए ।

उनले लर्को लागेर स्थानीय तहको निर्वाचनमा सहभागीता जनाउन विदेशमा भएका नेपाली आउनु निकै सकारात्मक भएको भन्दै उनले उनीहरुलाई धन्यवादसमेत दिएका छन् ।

उनले यो निर्वाचनले बलियो सन्देश दिएको भन्दै यो संविधान उल्टाउन चाहने तत्वलाई राम्रो जवाफ दिएकोसमेत बताए । एमालेतर्फ कटाक्ष गर्दै संविधान मिच्न चाहनेलाई जनताले जवाफ दिएकोसमेत दाबी गरे ।

उनले प्रमुख दलका नेता केपी शर्मा ओलीले निर्वाचनमा धाँधलीबाहेक केही नभएको दाबी गरेको कुरा भने आफूले बुझ्न नसकेको बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार