देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

संविधान संशोधनको पक्षमा मतदान गर्न कांग्रेस केन्द्रिय समितिको निर्देशन

0

(काठमाडौं) – नेपाली कांग्रेसको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएको छ।

सरकारद्वारा प्रस्तुत संविधान संशोधनको प्रस्तावमा केन्द्रिय समितिमा छलफल गर्न देउवाले समय मागेका थिए । पार्टी केन्द्रिय कार्यालय सानेपामा शनिबार बसेको बैठकले सरकारले प्रस्तुत गरेको संशोधन प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिने निर्णय गरेको कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको अध्यावधिक नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिइएको हो।

कांग्रेसले केन्द्रिय समितिमा संशोधन प्रस्तावका बारेमा छलफल गरेर मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने बताएको थियो । सोही अनुसार कांग्रेस केन्द्रिय समितिले आफ्ना सांसदहरूलाई संविधान संशोधनको पक्षमा मतदान गर्न निर्देशन दिएको हो। प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार