देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

संवैधानिक परिषद्को बैठकमा देउवा नजाने

0

काठमाडौंं – प्रधानमन्त्री एवं संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा नजाने भएका छन्। प्रधानमन्त्री ओलीले आइतबार बोलाएको संवैधानिक परिषद्को बैठकमा देउवा नजाने भएका हुन्।

सभापति देउवाले शनिबार प्रेस विज्ञप्ति जारी गरी सरकारले बदनियतपूर्वक अध्यादेश ल्यएकाले बैठकमा नजाने जनाएका छन्। “सरकारले बदनियतपूर्वक षड्यन्त्रमूलक ढंगले अध्यादेश जारी गरेको कांग्रेसको ठहर छ।

अध्यादेश संवैधानिक परिषद्को कार्यविधिलाई नै प्रभावित गरी संवैधानिक निकायमा पार्टीगत मान्छे नियुक्ति गर्ने कलुषित मनसायबाट प्रेरित छ,” देउवाले भनेका छन्, “नेपाली कांग्रेस संविधानको मूल मर्ममा प्रहार गरी संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्न चाहन्छ।”

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार