देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

संवैधानिक परिषद्को बैठक संसिर २८ गते

0

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । उनले यहि मङ्सिर २८ गते आइतबार बिहानका लागि संवैधानिक परिषद्को बैठक बोलाएका हुन् ।

लामो समयदेखि संवैधानिक परिषद्को बैठक बस्न नसक्दा धेरै निकायहरुमा संवैधानिक पद खाली रहेको छ ।

संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री स्वयम नै रहने व्यवस्था रहेको छ । त्यस्तै अन्य सदस्यहरुमा प्रधानन्यायाधिश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभामा विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य हुने व्यवस्था रहेको छ ।

साथै सरकारको मुख्य सचिव परिषद्को सदस्य सचिवको रुपमा काम रहने संबैधानिक व्यवस्था रहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार