देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

संवैधानिक परिषद बैठक सके लगत्तै प्रधानमन्त्री शीतल निवासमा

0

काठमाडौं – बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।

संवैधानिक परिषद्को बैठक केही बेरअघि सकिएपछि ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन्। संवैधानिक परिषद्को बैठकका निर्णयबारे कुनै जानकारी नआएका बेला ओली शीतल निवास पुगेका हुन्।

आफूसहित तीन जना सदस्यको उपस्थितिमा संवैधानिक परिषद्को बैठक बस्न‍े प्रावधानसहितको अध्यादेश राष्ट्रपतिबाट मंगलबारै जारी गराएपछि ओली पार्टीभित्र आलोचनाको घेरामा परेका छन्।

उनीविरुद्ध खुमलटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले कडा प्रतिवाद गर्ने रणनीति बनाएका छन्। यदि अध्यादेश फिर्ता नलिए ओलीविरुद्ध बहुमतले कारवाहीसम्मको रणनीति दाहाल-नेपालले बनाएका बेला ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार