देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

संसदमा एमसीसी आजै टेबल हुने

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन प्रस्ताव आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा टेबल हुने भएको छ ।

२९ भदौ २०७४ मा एमसीसी सम्झौता भएको एमसिसी परियोजना प्रस्ताव तत्कालिन केपी ओलीको सरकारले संघीय संसद सचिवालयमा दर्ता गरेको साढे दुई वर्षपछि आइतबबार बैठकमा टेबुल गर्न लागिएको हो ।

आइतबार बिहान बालुवाटारमा सत्ता गठबन्धनको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव आइतबारकै प्रतिनिधिसभाको बैठकमा पेस गर्ने सहमति भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् ।

केपी ओली नेतृत्वको तत्कालीन सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले ३० असार २०७६ मा संसद सचिवालयमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव दर्ता गरेका थिए ।

तत्कालीन सरकार नेतृत्वकर्ता दल नेकपाभित्र मतभेद हुँदै अन्य दलसहित नागरिकस्तरबाट पनि विरोध भएपछि संसद बैठकमा पेस हुन सकेको थिएन ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार