देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

संसदमा दर्ता भएको २० महिनापछि एमसीसी सम्झौता बहुमतले अनुमोदन

0

काठमाडौं – नेपाल सरकार र अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बीच भएको अनुदान सहायता सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको छ ।

आइतबार साँझ १२ बुँदे व्याख्यात्मक घोषणा समेटिएको पुरक प्रस्तावसहित एमसीसी सम्झौता संसदको बहुमतले पारित गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौता र व्याख्यात्मक घोषणासहितको पुरक प्रस्तावलाई दोस्रो बैठकमा प्रस्तुत गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तावलाई ध्वनिमतको प्रक्रियाबाट निर्णयार्थ प्रस्तुत गर्दा प्रतिनिधिसभाको बहुमतले एमसीसी सम्झौता अनुमोदन गरेको हो ।

अर्थमन्त्री शर्माले सरकारले राष्ट्रिय स्वाधीनता र अखण्डताप्रति कुनै गलत सम्झौता नगर्ने जवाफ दिएका थिए । जवाफपछि सभामुख सापकोटाले छलफल प्रस्तावलाई स्वीकृत गराउन निर्णयार्थ प्रस्तुत गरेका थिए । एमालेको अवरोधका बीच उक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार