देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

संसदलाई जीवन्त र जनमुखी बनाउने निष्कर्ष

0

काठमाडौं – संघीय संसद र प्रदेशसभा सञ्चालन सम्बन्धी दुई दिने अन्तरक्रिया कार्यक्रमले संघीय संसद र प्रदेशसभालाई जीवन्त, जनमुखी बनाउन आ–आफ्नो स्थानबाट थप रचनात्मक र प्रभावकारी भूमिका खेल्ने साझा धारणा बनाएको छ ।

संसद सचिवालयको आयोजनामा नयाँ बानेश्वरस्थित संसद भवनमा भएको कार्यक्रमले संसदीय अभ्यास र यसअघिका अन्तरक्रिया कार्यक्रमको समीक्षा, आपसी समन्वय र सहकार्यलाई जोड दिंदै नौ बुँदे निष्कर्ष सार्वजनिक गर्दै सम्पन्न भएको हो ।

संविधानमा उल्लेखित संघ, प्रदेश र स्थानीय तहका साझा अधिकारका विषय र प्रदेश तथा स्थानीय तहको कानून निर्माणका लागि आवश्यक रहेका संघीय कानूनहरु निर्माण गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त भएको छ ।

साथै कोभिड–१९ को महामारीकाबीचमा संघीय संसद र प्रदेश सभा सञ्चालन गर्नुपर्ने अवस्था आएकोले सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्दै सभा सञ्चालन गर्न र कोभिड–१९ सम्बन्धी जनचेतनाका लागि नेतृत्वदायी भूमिका खेल्ने समेत कार्यक्रमले निष्कर्ष निकालेको छ ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकास, विस्तार र सुदृढीकरण गर्दै विकास र समृद्धिको प्रतिफल जनस्तरमा पुर्‍याउन राज्यका सबै संरचनाहरुबीच उचित समन्वय, सहकार्य र आम जनसमुदायको ऐक्यबद्धता आवश्यक छ,’ संघीय संसद र प्रदेश सभाका पदाधिकरीले हस्ताक्षर गरेको साझा निष्कर्षको नौं नम्बर बुँदामा भनिएको छ, ‘लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हो भन्ने मान्यतालाई आत्मसात गर्दै लोकतान्त्रिक मूल्य मान्यतालाई जीवन पद्धतिका रुपमा थप सुदृढ गर्दै जाने प्रतिवद्धता व्यक्त गर्दछौ ।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार