देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

संसदीय गतिरोध लम्बिएको निष्कर्ष सहित विकल्प खोज्दै कांग्रेस

0

(काठमाडौं) – सत्तारुढ नेकपाले सभामुखको उम्मेदवार चयन गर्न नसक्दा संसदीय गतिरोध लम्बिएको निष्कर्ष सहित नेपाली कांग्रेसले निकासका लागि विकल्पको खोजी थालेको छ । सूचना टाँसेर बारम्बार बैठक स्थगित हुँदा जननिर्वाचित संसदको अपमान भएको ठहरसहित कांग्रेसले आन्तरिक छलफल थालेको हो ।

गत सोमबारका लागि बोलाईएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर माघ ६ गतेसम्मका लागि स्थगित छ । सभामुखको उम्मेदवार चयन हुन नसक्दा तेस्रो पटक बैठक स्थगित भएको हो ।

काठमाडौंको बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा साँझ पदाधिकारीको अनौपचारिक बैठक बसी यही साता भित्र संसदीय दलको बैठक बसी पार्टीको धारणा तय गर्ने सहमति भएको छ ।

पार्टीको आधिकारिक बैठक बहिष्कार गर्दै आएका संस्थापन इतर पक्षका पदाधिकारीपनि सहभागी सो बैठकमा नेकपाको आन्तरिक विवादका कारण संसद बन्धक बन्न नहुनेमा नेताहरु एकमत देखिएको बैठकमा सहभागी एक नेताले जनाएका छन् ।

बुधबारको बैठकमा सत्यनिरुपण तथा मेलमिलाप आयोग गठनबारे समेत छलफल भएको थियो । प्रदेश स्तरीय बैठकबाट प्राप्त सुझावबारे बैठकमा नेताहरुले ब्रिफिङ गरेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार