देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस

0

काठमाडौं – सरकारले स‌ंघीय संसद् चालु १०औँ अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको बैठकले मंगलबार मध्यराति १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । हालै संसद् बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गरेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार