देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

संसद् विकास कोषको रकम भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा खर्च गरौै – गगन थापा

0

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन कुमार थापाले फजुल खर्च रोक्न र संसद् विकास कोषको रकम पुनर्निर्माण कोषमा जम्मा गर्न आग्रह गरेका छन्।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष फजुल खर्च रोकेर संसद् विकास कोषको रकम भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमको पुनर्निर्माणमा खर्च गर्न आग्रह गरेका हुन् ।

महामन्त्री थापाले ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ का लागि छुट्याइएको ८ अर्ब २५ करोड पुनर्निर्माण कोषमा जम्मा गर्न अनुरोध गरेका थिए।

सरकारले सबैभन्दा पहिले आधारभूत सेवा भूकम्पपीडितलाई दिनुपर्ने त्यसपछि मात्र अन्य सहयोगी दाताहरू तथा अन्यत्रबाट सहयोग माग्न उनले सुझाएका छन्।

प्रधानमन्त्रीसँग भएको भेटमा महामन्त्री थापाले फजुल खर्च रोकेर भूकम्प प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्न आग्रह गरेको महामन्त्री थापाको निजी सचिवालयले जनाएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार