देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

संसद् विघटनविरुद्धका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै

0

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा दर्ता भएका दर्जन बढी रिटहरुको सुनुवाइ आज संवैधानिक इजलासमा हुँदैछ । गत बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल बेन्चले प्रतिनिधिसभा विघटनको कदममा ‘संवैधानिक प्रश्न’ उठाउँदै दर्ता गरिएका दर्जन रिट संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो ।

“निवेदनमा उठाइएको विषयवस्तु नेपालको संविधानको धारा ७६ (१), (७) र धारा ८५ को व्याख्यासँग सम्बन्धित भएकाले प्रस्तुत निवेदन नियमानुसार गरी संविधानको धारा १३७ (३) बमोजिम संवैधानिक इजलाससमक्ष पेस गर्नू” आदेशमा भनिएको छ । शुक्रबार बस्ने संवैधानिक इजलासमा संसद् विघटनविरुद्ध परेका रिट पेस हुनेछ ।

सबैजसाे रिटमा संसद विघटन असंवैधानिक भएकाे उल्लेख छ । नेकपाका सांसद्‌हरु ले पनि रिट दायर गरेका छन् । आफ्नै पार्टीको सरकारको सिफारिसमा भएको विघटनविरुद्ध अदालत गएका हुन् । उनीहरुले संसद् विघटन असंवैधानिक भएको जिकिर गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ मा संसद विघटन गरेपछि सो कदमको चौतर्फी विरोध भएको छ । संविधानमा व्यवस्था नै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरिएको भन्दै सो कदम खारेजीको माग गरेर सर्वोच्चमा रिट दायर भएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार