देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

संसदमा आजदेखि प्रि–बजेट छलफल हुँदै

0

(काठमाडौं) – संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा आजबाट विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता माथिको छलफल सुरु हुँदैछ ।

आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा र १ बजे राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठकमा अर्थ मन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव पेस गर्ने र त्यसपछि छलफल सुरु गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यसमा सांसदहरुले आ-आफ्ना धारणा राख्ने छन् । दुवै सदनमा बजेटका सिद्धान्त र प्राथमिकताबारे अर्थमन्त्री खतिवडालाई सुझाव दिइनेछ । संघीय संसदका सुझाव समेट्दै अर्थमन्त्री खतिवडाले नीति तथा कार्यक्रम ल्याउने छन् ।

संघीय संसदका सुझाव समेट्दै अर्थमन्त्री खतिवडाले जेठ २ मा नीति तथा कार्यक्रम ल्याउने छन् । उक्त नीति तथा कार्यक्रमको आधारमा बजेट आउनेछ । जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक प्रावधान छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार