देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

संसद बैठक बस्नुअघि देउवाको कार्यकक्षमा विपक्षी दलको बैठक

0

काठमाडौं – प्रतिनिधि सभामा विपक्षीको हैसियतमा रहेका राजनितिक दलहरुको बैठक बसिरहेको छ।

नयाँ बानेश्वरस्थित संसद भवनमा कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा विपक्ष दलको बैठक जारी रहेको छ।

कांग्रेसहित विपक्षी दलले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गरेको छ। समितिको टीओआर टुंग्याउन अहिले कार्यदलको बैठक पनि बसिरहेको छ।

प्रतिनिधिसभाको बैठक अहिले ११ बजेका लागि बोलाइएको भए पनि सभामुख देवराज घिमिरे कार्यदल र विपक्षी दलको बैठकको निर्णय पर्खेर बसिरहेका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार