देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘संसद भंग गरेर चुनावमा जानुको विकल्प छैन’ – माधब नेपाल

0

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद भंग गरेर चुनावमा जान सकिने बताएका छन् ।

आइतबार संसद भवनमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै केपी ओलीलाई संसदमा कति सहने अब चुनावमा जानुपर्ने बताएका हुन् ।

“एमालेले संसद चल्न पनि नदिने, हामीले भत्ता खाइरहने, केपी ओलीलाई कति सहने ? अब सबै निर्वाचनमा जाऔँ,” नेपालको भनाई थियो ।

एमालेले संसद चल्नै नदिएकाले अब भंग गर्नुको विकल्प नभएको बताए ।

‘हाउस चल्न पनि नदिने, केही गतिविधि गर्न नदिने, भत्तासत्ता खाने, हामीलाई पनि हैरान पार्ने’ अध्यक्ष नेपालले भने, ‘त्यस्तो हो भने त्यो भन्दा पहिले नै संसदले नै केपी ओलीको वितण्डाको सामना गर्नलाई यो सब भंग गरिदिने, न संसद रहन्छ न हंगामा गर्ने ठाउँ नै रहन्छ । चुनावमा जान्छ ।’

माधव नेपालसहितका २३ सांसदलाई पार्टीले निष्कासनको कारबाही गरेर  सभामुखले सूचना टाँस नगरेको विषय उठाएर एमालेले २३ भदौदेखि संसद अवरोध गरिरहेको छ ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार