देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

संसद विघटनविरुद्ध जसपाद्वारा आन्दोलनको घोषणा

0

काठमाडौं – सरकारको निर्णयविरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले ५ दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पुस ८ देखि १२ गतेसम्मको आन्दोलन कार्यक्रम घोषणा गरेको हो ।

पुस ८ गते सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौंमा केन्द्रीकृत जनप्रदर्शन गर्ने निर्णय भएको जसपाका नेता मनिस सुमनले जानकारी दिए ।

यस्तै प्रतिनिधि सभाको बैठक बोलाउन सभामुखलाई आग्रह गर्ने निर्णय पनि जसपाले गरेको छ । जनता समाजवादी पार्टीले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई २०१७ साल पुस १ गते राजा महेन्द्रले संसद भंग गरेकै घटनाको पुनरावृत्ति भनेको छ ।

‘यो सामान्य घटना नभई संविधान माथिको ‘कु’ नै हो । प्रधानमन्त्रीलाई वर्तमान संविधानले दिँदै नदिएको अधिकार प्रधानमन्त्रीले प्रयोग गरी प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेका हुन । प्रधानमन्त्री ओलीको यस कदमलाई उनका श्रृङ्खलाबद्ध अभिव्यक्तिहरूसँग जोडेर हेर्दा हिजोदेखि उनी के चाहान्थे प्रष्ट हुन्छ’ जसपाको निर्णयमा भनिएको छ ।

हेर्नुहोस् विज्ञप्ति

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार