देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

संसद विघटन विरुद्धको प्रदर्शनमा सहभागी हुन् देउवाको अपील

0

काठमाडौं – प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन विरुद्धको प्रदर्शान सहभागी हुन अपील गरेका छन् ।

कांग्रेस सभापति देउवाले शनिबार एक विज्ञप्ति जारी गर्दै पौष १३ गते हुने प्रदर्शनमा सहभागी हुन सबै नागरिकलाई अपिल गरेका हुन् । पसरकारले प्रतिनिधिसभा विघटन गरेको विरोधमा कांग्रेसले आगामी सोमबार १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गर्दैछ । सो प्रदर्शनमा सकृय सहभागिताका लागि सभापति देउवाले सबैमा अपील गरेका हुन् ।

सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध पुस १३ गते सोमबार नेपाली कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गर्दैछ । त्यसमा सकृय सहभागिताका लागि म सबैमा हार्दिक अपील गर्दछु ।’

पूर्व प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले संविधानमा भएको ब्यवस्था प्रतिकूल, जनभावना विपरीतको प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसमा एकमत भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘विघटनकै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरुको बैठक आयोजना गरेर बैठकमार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेका छौं ।’

जारी केन्द्रीय कार्यसमितिको बैठकमा आफूले नै आगामी सोमबार १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेको उल्लेख गर्दे केन्द्रीय कार्यसमितिको निर्णय पश्चात् अहिले आफूहरुको सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित भएको उनको भनाई छ ।

पार्टीका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न देउवाले अपील गरेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार