देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

संसद विघटन विरुद्ध नेकपाको प्रचण्ड–माधव समूहको आक्रोस – ‘हामी छाड्ने वाला छैनौं ।’

0

काठमाडौं – संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले काठमाडौंको भृकुटीमण्डपमा गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रान्तिको गोटी बनेको आरोप लगाएका छन् । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘तपाईहरुले कति गर्न सक्ने हो, तयारी गरे हुन्छ । हामी छाड्ने वाला छैनौं ।’

संसद विघटनविरुद्ध निर्मम संघर्ष गर्नु परेपनि तयार रहेको भन्दै उनले भने, ‘भोलि नै अर्को चरणको कार्यक्रमको तयारी गर्दैछौं । यो भन्दा अलि कडा । प्रधानमन्त्री वा अरु भ्रममा नबस्नुहोला । सिधासिधा कुरा हो, हामी अन्तिम समयसम्म लड्छौं ।’

यसैगरी अर्का अध्यक्ष माधब नेपालले ओली गणतन्त्रविरोधी भएको आरोप लगाउँदै ओलीकाे गणतन्त्रप्रति माया नै नरहेको बताउनुभयो । संघीयताविरुद्ध, संविधानविरुद्ध, लोकतन्त्रका मूल्यमान्यताविरुद्ध ओलीले एकपछि अर्को कदम चालेको भन्दै अध्यक्ष नेपालले त्यसको विरोधमा आम नागरिक सडकमा आउनुपरेको बताए ।

त्यसैगरी नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमका कारण आफूहरु सडकमा आउन बाध्य भएको बताएका छन् । उनले भने–‘ओली जस्ता तानाशाहले संविधानमाथि बलात्कार गरे, लोकतन्त्रमाथि प्रहार गरे । त्यसैले सडकमा आउन बाध्य हुनुपर्यो ।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार