देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सगरमाथा आधारशिविर नै जाँदै आईजी अर्याल

0

काठमाडौं – सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल सगरमाथा आधार शिविर जाने भएका छन् ।

सशस्त्र प्रहरीको इतिहासमा पहिलोपटक सर्वोच्च शिखर सगरमाथामा सशस्त्रको झण्डा फहराउन सफल प्रहरी निरिक्षक (इन्स्पेक्टर) सुरज पौडेललाई आधारशिविरमै पुगेर स्वागत गर्नका लागि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल जाने भएका हुन् ।

सोमबार सगरमाथाको सफल आरोहण गरेका इन्स्पेक्टर पौडेल बुधबार बिहान आधार शिविरसम्म आइसकेका छन् । मौसमले साथ दिएको खण्डमा सशस्त्र आईजी अर्याल हेलिकोप्टर लिएर पौडेललाई लिन जाने जनाएका छन् ।

सीमा सुरक्षाको जिम्मेवारीमा रहेका स्याङ्जाका पौडेल सशस्त्र प्रहरीबाट सगरमाथाको चुचुरोमा पुग्ने पहिलो व्यक्ति हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार