देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सञ्चारमन्त्री कार्की सुनसरी ४ मा ९५ मतले अगाडि

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – सुनसरी क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रसका ज्ञानेन्द्र कार्कीसँग एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैतले मतान्तर घटाएका छन्।

नेपाल सरकारका सञ्चारमन्त्रीसमेत रहेका कार्कीभन्दा एमालेका कुसियैत ९४ मतले पछि रहेका छन्।

पछिल्लो मत परिणामअनुसार कार्कीले २८ हजार ९० मत प्राप्त गरेका छन् भने कुसियैतले २७ हजार ९९६ मत ल्याएका छन्। दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ।

तेस्रो स्थानमा रहेको राप्रपाका उम्मेद्वार विद्यानन्द यादवले भने ३ हजार २६ मत ल्याएका छन् । सुनसरी ४ मा विवादका कारण पटक पटक मतगणना अवरुद्ध हुँदै आएको छ ।

द्वारा लेखिएको

भवनाथ आचार्य

सम्बन्धित समाचार