देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सञ्चारमाध्यम पहिल्यै निष्कर्ष पस्कन्छन् : मुख्यमन्त्री पोखरेल

0

रासस/बुटवल – प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सचेत र बौद्धिक तप्कामा नेपाल राज्यलाई आफ्नो ठान्ने चिन्तनको आवश्यकता रहेको बताएका छन् । बुटवलबाट प्रकाशित ‘दैनिक लुम्बिनी’को ३२औँ वार्षिकोत्सव समारोलाई सम्बोधन गर्दै उनले सचेत बौद्धिक तप्काले राज्यलाई आफ्नो नठानेसम्म बलियो राज्य बनाउन नसकिने स्पष्ट पारे ।

अधिकांश नेपाली सञ्चारमाध्यममा समाचारको स्तर बढ्न नसकेको उनको धारणा छ । आम सञ्चारमाध्यमलाई सूचना दिनुभन्दा पहिले नै निष्कर्षमा पुग्न हतार हुने भन्दै उनले सूचना सङ्कलनमा ढिलाइ वा बेवास्ता गर्ने नेपाली सञ्चार क्षेत्रमा समस्या रहेको बताए । “आमसञ्चारले दृष्टिकोण बनाउने होइन, जनतामा दृष्टिकोण बनाउन सूचना सामग्री दिएर निष्कर्ष निकाल्न दिने हुनुपर्छ,” उनले भने ।

नेपाली सञ्चारमाध्यमले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न नसकेको मुख्यमन्त्री पोखरेलको धारणा छ । उनले भने, “तपाईंहरुले नराम्रोलाई नराम्रो नै भन्नुस् तर राम्रोलाई राम्रो भन्न सक्नुहुन्न भने चुप लाग्नुस् ।”

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार