देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सडक डिभिजन कार्यालय लहानका प्रमुख घूस सहित पक्राउ

0

(काठमाडौं) – अख्तियार दुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, लहान सिराहाका निमित्त डिभिजन प्रमुखलाई पक्राउ गरेको छ ।

कार्यालय प्रमुख विनोद साहलाई ३ लाख रुपैयाँ घूस सहित आयोगको टोलीले पक्राउ गरेको हो ।

सेवाग्राहीसँग रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी लिने क्रममा विभिन्न बहाना बनाई घूस मागरेको भन्ने सूचनाको आधारमा आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले साहलाई कार्यालयको परिसरबाट पक्राउ गरेको हो ।

घूससहित रँगेहात पक्राउ परेका साह विरुद्ध थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार