देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सत्तारुढ गठबन्धनको एमसिसी केन्द्रित ‘निर्णायक बैठक’ सुरू

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – सत्तारुढ ५ दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ । एमसीसी अनुमोदन गर्ने सम्बन्धमा साझा धारणा बनाउन बसेको गठबन्धन बैठकलाई राजनितिक वृत्तमा महत्वकासाथ हेरिएको छ ।

बुधबार प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसीबारे सहमति जुटाउन गठबन्धनको निर्णायक बैठक बस्ने सहमति अनुसार बैठक बसेको हो ।

प्रतिनिधिसभाको शुक्रबार बस्ने बैठकमा एमसीसी टेबल हुनुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको अडान रहेको छ । सत्तारुढ नेकपा माओवादी केन्द्रले भने यथास्थितिमा एमसीसी पारित हुन नसक्ने अडान लिएको छ । माओवादीले एमसीसी टेबल भए सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ ।

गठबन्धन बैठकअघि माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो । छलफलबाट बाहिरिने क्रममा माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन जोगाउन अन्तिमसम्म प्रयास गर्ने बताएका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार