देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सत्ता गठबन्धनको बैठक बस्दै

0

काठमाडौं – सत्ता गठबन्धन दलको बैठक बिहिबार बस्ने भएको छ। प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारका अनुसार प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बिहीबार बिहान १० बजेको लागी सत्तागठबन्धनको बैठक बोलाइएको छ ।

सत्ता गठबन्धनको बैठकमा स्थानीय तह निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्नको लागी बिहिबारको दैठक बोलाईएको हो ।

‘सत्ता गठबन्धनको बैठक बिहीबार बिहान साढे १० बजेको लागि बोलाइएको छ’, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘बैठकमा आगामी निर्वाचनमा तल्लो निकायसम्म सत्ता गठबन्धन कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुन्छ।’

स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका प्रमुख दलबीच गठबन्धनको तयारी भइराखेको छ।

यसै सन्दर्भमा मङ्गलबार सम्पन्न नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले सत्ता गठबन्धनमा सहभागी दलसँग आवश्यकता अनुसार चुनावमा गठबन्धन गर्ने निर्णय गरिसकेको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार