देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – सत्ता गठबन्धनको बैठक बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका नेताहरूको बैठक बस्न लागेको हो।

मन्त्रिपरिषद् विस्तार लगायतका एजेण्डामा छलफल गर्नका लागि सत्ता गठबन्धनका शीर्ष नेताहरु जुट्न लागेका हुन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार दिउँसो ३ बजे बैठक बस्नेगरी तयारी भइरहेको छ।

यसअघि बुधबार साँझ मात्र प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए। उनीहरुबीच मन्त्रालय भागवण्डा लगायतका विषयमा छलफल भएको जनाइएको छ।

यसैबिच प्रधानमन्त्री दाहालले बिहिबार बिहानकोलागी मन्त्रीपरिषद बैठक बोलाएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार