देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सत्ता गठबन्धनको बैठक बस्दै

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौँ – सत्तारूढ गठबन्धन दलहरूको बैठक मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार भएको भेटमा भएको समझदारी अनुसार बैठक बस्न लागेको हो ।

राष्ट्रिय सभा निर्वाचनको रणनीति, संसद् खुलाउने विषय तथा निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि गरेको तयारीलगायतका विषयमा छलफल गर्ने उद्देश्यले गठबन्धनको बैठक बस्न लागेको हो ।

गठबन्धनको बैठकमा माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको रणनीति, स्थानीय तहको निर्वाचन मिति घोषणालगायतका विषयमा छलफल हुने बताइएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार