देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा बस्ने भएको छ। आसन्न राष्ट्रिय सभाको निर्वाचनमाको विषयमा छलफल गर्न सत्तारुढ पाँच दलको बैठक सोमबार बिहान बालुवाटारमा बोलाइएको हो।

माघ १२ गते राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ताको निर्वाचन आयोगको कार्यतालिका रहेको छ। उम्मेदवारी दिने समय नजिकिएपनि गठबन्धनभित्र कुनै छलफल भएको छैन। सोमबारको बैठकमा राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनमा सहभागी दलबीच कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल मुख्य एजेन्डा रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी छ।

संघीय संसद् सचिवालयका अनुसार एमालेका ८, कांग्रेसका ३, एकीकृत समाजवादी र माओवादीका ४–४ गरी १९ जना नयाँ सांसद निर्वाचित गर्नका लागि मतदान हुन लागेको हो। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले एक मनोनीत गर्ने एक जना सांसद्को पनि अवधि सकिन लागेको हो। २० जना सांसदको फागुन २१ कार्यकाल समाप्त हुँदैछ।

प्रदेससभा सदस्य र स्थानीत तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने छन्। प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ हुन्छ।

वि.सं २०७५ असार ४ गते भएको गोला प्रथाद्वारा चारवर्षे पदावधि कायम भएका सदस्यको पदावधि सकिन लागेको हो। स्थायी सदन भएकाले राष्ट्रियसभाका एकतिहाई सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ। चारवर्षे पदावधि सकिनेमा सात महिला, तीन दलित समुदाय, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यकबाट दुई र अन्य समुदायका सात सदस्य छन्। माथिल्लो सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभा सदस्यको पदावधि छ वर्षको हुन्छ। अन्नपुर्णपोष्ट दैनिक बाट ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार