देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सत्ता गठबन्धनको भागबन्डा – एमाले ८, माके ४, रास्वपा ३ र राप्रपालाई २ मन्त्रालय

0

काठमाडौं – सत्ता गठबन्धनले सत्ताधारी दलहरुकोलागी मन्त्रालय भागबन्डा टुंग्याएको छ। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल  र एमाले अध्यक्ष केपी शर्मा ओलीले छलफल गरी मन्त्रालय भागबन्डा टुंग्याएका हुन्।

स्रोतका अनुसार एमालेले ८ मन्त्रालय पाउने भएको छ। माओवादीले चार र एक राज्यमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ मन्त्रालय पाउनेछ। स्वतन्त्र पार्टीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय पाउनेछ।

राप्रपाले ऊर्जा मन्त्रालयसहित २, जनता समाजवादी पार्टीले सहरी विकास मन्त्रालय पाउने छ। त्यस्तै जनमत, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टीले एक/एक मन्त्रालय पाउने सहमति भएको छ। तर केही दलले भने मन्त्रालयको संख्या थोरै भएको भन्दै असन्तुष्टी भने व्यक्त गरिरहेका छन्।

पुस ११ गते प्रधानमन्त्री दाहलले पद तथा गोपनीयताको शपथ लिएका थिए। सपथको २२औं दिन बितिसक्दापनी प्रधानमन्त्री दाहालले भागबण्डा नमिलेको कारण मन्त्रीपरिषदलाई पुर्णता दिन सकेका छैनन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार