देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सत्ता गठबन्धनको सभास्थल जलमग्न

0

काठमाडौं – सत्ता गठबन्धनले चितवनकाे भरतपुरमा आज सभा गर्न मञ्च तयार पारेको ठाउँ रातभरिको वर्षाले जलमग्न भएपछि समस्या भएको छ।

सभा गर्न मञ्च बनाइएको भरतपुरस्थित केन्द्रीय बस टर्मिनलको खाली क्षेत्र डुबानमा परेको हो।

सभा गर्ने ठाउँमा पानी नै पानी भएको छ भने टेन्ट, झन्डा पानीले लथालिंग पारेकोले अहिले चुनावी सभा गर्ने वैकल्पिक उपायबारे छलफल भइरहेको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका स्वकीय सचिव मनोज गिरीले जानकारी दिए।

सभालाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार