देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सत्ता गठबन्धनले कार्तिक पहिलो साता सातै प्रदेशमा भेला गर्ने

0

काठमाडौं – नेपाली कांग्रेस नेतृत्वमा रहेको सत्ता गठबन्धनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला गर्ने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको कांग्रेस नेतृत्वको गठबन्धन बैठकले कात्तिक पहिलो साता सातै प्रदेशमा शीर्ष नेताहरूको उपस्थितिमा प्रमुख नेता तथा कार्यकर्ताको भेला राख्ने निर्णय गरेको हो।

गठबन्धनका शीर्ष नेताहरूको उपस्थितिमा कात्तिक ४ गते पोखरा र बुटवलमा भेला आयोजना गरिएको छ। त्यस्तै कात्तिक ५ गते विराटनगर र जनकपुर, ६ गते धनगढी र सुर्खेत तथा ७ गते काठमाडौंमा प्रदेशस्तरीय भेला गरिनेछ।

कात्तिक ४ गते बिहान ११ बजे पोखरामा हुने भेलाको व्यवस्थापन नेकपा एकीकृत समाजवादीले गर्नेछ भने दिउँसो २ बजे बुटवलमा हुने भेलाको व्यवस्थापन कांग्रेसले गर्नेछ।

५ गते बिहान ११ बजे विराटनगर र २ बजे जनकपुरमा हुने भेलाको आयोजना कांग्रेसले गर्नेछ। जनकपुर भेलामा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी हुनेछ। कात्तिक ६ गते बिहान ११ बजे धनगढीमा हुने भेलाको व्यवस्थापन माओवादी केन्द्रले र दिउँसो २ बजे सुर्खेतमा हुने भेला कांग्रेसले आयोजना गर्ने तय भएको छ।

त्यस्तै कात्तिक ७ गते बिहान ११ बजे काठमाडौंमा हुने प्रदशस्तरीय संयुक्त भेलाको व्यवस्थापन माओवादी केन्द्रले गर्नेछ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार