देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सत्ता गठबन्धनले १७ भन्दा बढी ठाउँमा बुथ कब्जा गर्‍यो – एमाले

0

काठमाडौं – नेकपा एमालेले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ ।

महासचिव शंकर पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनमाथि १७ भन्दा बढी ठाउँमा बुथ कब्जा गरेको गम्भीर आरोप लगाएकाे हाे ।

विज्ञप्तिमा निर्वाचन परिणामलाई सत्ता गठबन्धनको पक्षमा पार्नका लागि दोलखाको बैतेश्वर, तामाकोशी, सिन्धुपाल्चोकको मेलम्ची, सिन्धुलीको सुनकोशी, काभ्रेको पाँचखाल, बाराको पचरौता, अछामको साफेबगर, पञ्चदेवल बिनायक, मंगलसेन, बझाङको छबिसपाथिभेरा, सर्लाहीको धनकौल, बलरा, रामनगर, बागमती, बरहथवा, रौतहटको करुनिया लगायत दर्जनौं स्थानमा बुथकब्जा गर्ने कार्य भएको आरोप लगाइएको छ ।

महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी गठबन्धनले त्यसलाई पुरै बेवास्ता गरी जसरी पनि जित्न धाँधलीका साहारा लिएको छ ।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार