देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सदस्यता विवादका कारण कांग्रेस कार्यालय बाँकेमा तालाबन्दी

0

काठमाडौं – नेपाली कांग्रेस बाँकेको कार्यालयमा बिहीबार तालाबन्दी गरिएको छ। फर्जी सदस्यता विवादका कारण बाँके क्षेत्र नम्बर १ का नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका हुन्।

क्षेत्र नम्बर १ मा अधिवेशन हुनै लाग्दा दुई सय ३९ फर्जी सदस्यता थप्न लागेपछि पार्टी कार्यालयमा ताला लगाइएको नेपाली कांग्रेस बाँकेका युवा नेता पोषण केसीले जनाए। क्षेत्र नम्बर १ का सभापति माधवराम खत्रीले एकलौटी सदस्यता वितरण गरेकाले यहाँ पहिलादेखि नै सदस्यता विवाद थियो।

आंशिकरुपमा सदस्यता विवाद मिलेपछि कांग्रेसको अधिवेशन कात्तिक २७ गते बाँकेका ८१ वटै वडामा वडा अधिवेशन, कात्तिक ३० गते गाउँपालिका÷नगरपालिका अधिवेशन हुन लागेको थियो। सदस्यता विवाद पुनः सतहमै आएपछि तोकिएकै समयमा अधिवेशन हुने वा नहुने अनिश्चित देखिएको छ।

पार्टी सभापति किरण कोइरालाले पार्टीभित्र आन्तरिक विवाद भएकाले यसलाई सहजै  समाधान गरी अधिवेशन गर्ने बताइन्। तर, अन्तिम सदस्यता वितरण नआउँदासम्म अधिवेशन हुन नदिने नेता कार्यकर्ता बताउँछन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार