देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि

0

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।

सन्दीपले सामाजिक संजालमा लेख्दै आफूलाई कोरोना संक्रमण भएको पुष्टि भएको जानकारी गराएका हुन् । कोरोना संक्रमण पुष्टि भएपछि आफू सेल्फ आईसोलेनमा बसेको उनले बताएका छन् ।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका उनको पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै सेल्फ आइसोलेसनमा बसेका छन् । उनमा हल्का लक्षण देखिएको छ ।

सन्दिपले आफ्नो स्वास्थ्यमा सुधार हुँदै गएको समेत बताएका छन् । अष्ट्रेलियाको बिग बास क्रिकेट लिगका लागि होबर्ट हुरिकेन्समा आबद्ध सन्दिप केहि दिन राष्ट्रिय टोलीको क्याम्पमा बसेर त्यसतर्फ जाने तयारीमा थिए ।

यसअघि राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, ब्याट्सम्यान रोहित कुमार पौडेल र बलर बसन्त रेग्मीलाई कोरोना संक्रमण देखिएको थियो । कप्तान मल्ल र रोहितको भने रिर्पोट नेगेटिभ आईसकेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार