देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सन्दीप लामिछानेले जमैकाबाट सीपीएल खेल्ने

0

काठमाडौं – नेपालका लेग स्पिनर सन्दीप लामिछानेले यस सिजनको क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट जमैका तलावाजबाट खेल्ने भएका छन् ।

कोरोना भाइरसको महामारीका कारण भर्चुअल ड्राफ्टमा सन्दीप जमैका तलावाजबाट दोस्रो राउण्डमा छनोट भएका हुन् । सोमबार भएको ड्राफ्टबाट सन्दीपलाई जमैका तलावाजले अनुबन्ध गरेको हो ।

सन्दीपलाई तलावाजले ९० हजार अमेरिकी डलर (१ करोड ८ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको हो । सन्दीप पहिलो संस्करणमा ५ हजार तथा दोस्रो संस्करणमा ७० हजार डलरमा अनुबन्ध भएका थिए ।

अहिले तेस्रो संस्करणमा उनी ९० हजार डलरमा अनुबन्ध भएका छन् । यो सीपीएलमा सन्दीपको अहिलेसम्म कै सर्वाधिक महँगो मूल्य हो । सन्दीप ड्राफ्टमा सहभागी ५ सय ३७ खेलाडी मध्ये एक्लो नेपाली हुन् ।

सन्दीपले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन् । सन्दीपले यस अघि सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए ।

सन्दीपलाई यस अघि सेन्ट किट्सले ५ हजार अमेरिकी डलर र बार्बाडोसले ७० हजार अमेरिकी डलरमा अनुबन्धन गरेको थियो । आगामी अगष्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रीनिडाड एन्ड टोबेगोमा बन्द रंगशालामा प्रतियोगिता गर्ने प्रस्ताव गरिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार