देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सप्तरीको छिन्नमस्ताको अध्यक्षमा २५ वर्षीय चौधरी निर्वाचित

0

काठमाडौं – सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा २५ वर्षीय विद्यानन्द चौधरी निर्वाचित भएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट उम्मेदवार रहेका चौधरी पालिकाका पाका उम्मेदवारहरुलाई पछाडि पार्दै विजयी भएका हुन् ।

निर्वाचित अध्यक्ष चौधरीले २ हजार ८ सय ९५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका सत्यनारायण यादवले १ हजार ७ सय ६६ मत पाए । यहाँ निवर्तमान पालिका अध्यक्ष सूर्यनारायण मण्डल र निवर्तमान जिल्ला समन्वय समिति प्रमुख प्रभाकर यादवसमेत चुनावी मैदानमा थिए ।

छिन्नमस्ता गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी राजोदेवी यादव निर्वाचित भएकी छन् । उनले २ हजार ४ सय ७२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कांग्रेसकी प्रमिलादेवी साहले १ हजार ५सय ९५ मत प्राप्त गरिन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार