देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सप्तरीमा मंगलबारबाट निषेधाज्ञा जारी

0

राजविराज – सप्तरीमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय प्रसासनले भोलिबाट जिल्लाभरी निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला सुरक्षा समितिको आजको बैठकले जिल्लाभरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।

यसअघि स्थानीय प्रसासनले यही साउन ८ गतेदेखि राजविराज नगरपालिका क्षेत्रभित्र अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी आचार्यले अत्यावश्यक सेवा बाहेक हिँड्डुल गर्न रोक लगाएको भन्दै आदेश उल्लंघन गर्नेलाई कारबाही गरिने बताए ।

निषेधाज्ञा अवधिमा औषधि पसल, खाद्यन्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन लगायत सेवा सञ्चालन गर्न पाइने छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार