देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सफ्टवेयर काण्ड लागेका भूर्तेललाई सरकारको पदक

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – महालेखा नियन्त्रकको कार्यालयमा कमसल सफ्टवेयर किन्न भूमिका खेलेको आरोप लागेका भेषप्रसाद भूर्तेललाई सरकारले पदक सहित सम्मान गरेको छ । सिग्यास नामको सफ्टवेयर बनाएर सबै सरकारी कार्यालयमा जबरजस्ती प्रयोग गर्न लगाइएको उक्त सफ्टवयरले राम्ररी काम नगरेकोले साउनको तलब असोजमा पनि खुवाउन सकेको छैन।

यस्तो कामको मुख्य जिम्मेवार महालेखा नियन्त्रक गोपी मैनालीलाई शिक्षा मन्त्रालयमा सचिवको जिम्मेवारी र उपमहालेखा नियन्त्रक भेषप्रसाद भुर्तेललाई पनि प्रबल जनसेवा श्री चतुर्थ बाट विभूषित गर्दा आफूहरू लज्जीत भएको महालेखाका कर्मचारीहरुको टिप्पणी छ ।

चर्चित व्यक्तिलाई पदक दिने भन्दा पदक पाएर चर्चित हुने चलन बढ्दै गएको र अझ जसले पत्रपत्रिकामा कर्तुत गरेका कुरा पर्दाफास भइरहेका छन् । उनीहरुले फेसवुकका पाना आफै रंगाएको देख्दा लाज लागेको एक कर्मचारीले बताए ।

देशभरका पाँच हजार निजामती कर्मचारी, सात हजारभन्दा बढी सुरक्षाकर्मी, ३७ हजारभन्दा बढी जनप्रतिनिधि, दुई लाख पेन्सन गरी पाँच लाखभन्दा बढी मारमा पार्नेलाई यसचोटि सरकारले पदक दिएर सम्मान गरेको आरोप छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार