देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘सबैले रुखैरुख देखाेस् भनेर हरियाे मतपत्र राख्न लागेकाे हाे ?’ – एमाले अध्यक्ष ओली

0

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनका लागि मतपत्रकाे रङ हरियो राख्न थालिएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार अखिल नेपाल महिला सङ्घले काठमाण्डाैमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आँखा कमजाेर हुनेले रुखैरुख देखोस् भनेर हरियो रङ्गको चिह्न राख्न खोजेको हो भने त्यो स्वीकार्य नहुने बताएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘मलाई थाहा छैन, मैले एउटा सञ्चारमाध्यममा हेरेको थिएँ । निर्वाचन आयोगले मतपत्रका चिह्नहरू हरियो रङ्गकाे राख्ने भयो रे, हरियो चिह्न किन राख्ने ? के कारणले राख्ने निर्वाचन आयोगले बताउनुपर्‍याे । यदि हो भने कुन हिसाबले राख्ने ? आँखा कमजोर हुनेले रुखैरुख देखोस् भनेर हरियो चिह्न राख्ने हो ? यदि हरियो राख्ने निर्णय गरेको होइन भने सञ्चारमाध्यमले आफ्नो त्रुटि सच्याउनुपर्‍याे । यदि निर्वाचन आयोगले नै त्यो गरेको हो भने उसले निर्वाचन आयोगले नै त्यस्तो त्रुटि सच्याउनुपर्छ । हरियो–सरियो हुँदैन ।’

‘छोरा हुँदा राम्रो हो, छोरी हुँदा नराम्रो हो भन्ने धारणा हाम्रो दिदीबहिनीहरुले पनि छोड्नुपर्छ । छोरा र छोरी उस्तै हुन् । भाग्यमानीले छोरी पाउँछ र बूढेसकालमा स्याहारसुसार पाउँछ । छोरा पाउनेलाई पनि अभागी त भन्नुभएन । तर बढ्ता भाग्यमानीले छोरी पाउँछ ।

यस्तै सरकारले नीति निर्माण गर्दा, हरेक तहका सरकारले यसबारे अभियानको रुपमा अगाडि बढाउनु पर्ने उनले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार