देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सबै प्रदेशमा गठबन्धन सरकार बनाउन पहल गर्ने बिपक्षी दलको निर्णय

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौँ – सरकार इतरका विपक्षी गठबन्धनले सबै प्रदेशमा गठबन्धन सरकार बनाउन पहल गर्ने भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहीबार साँझ बसेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टी(जसपा)को अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा सम्मिलित बैठकले यस्तो निर्णय गरेको हो ।

गठबन्धनको कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहीबार साँझ बसेको बैठकले केन्द्रमा बनेको गठबन्धन अनुरुप सबै प्रदेश गठबन्धन बनाएर सरकार निर्माण गर्ने पहल गर्ने निर्णय गरेको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार सबै प्रदेश जहाँ जहाँ गठबन्धनको सरकार बनेको छ, भइहाल्यो । नबनेका प्रदेशमा गठबन्धन सरकार बनाउन पहल गर्ने सहमति भएको  हो ।

अहिले विपक्षी गठबन्धनको प्रदेश-२, कर्णाली र सुदूरपश्चिममा सरकार छ । प्रदेश-१ र बागमतीमा एमालेको एकल बहुमतको सरकार छ । गण्डकी र लुम्बिनीमा पनि कसरी गठबन्धन सरकार बनाउन सकिन्छ भनेर पहल गर्ने श्रेष्ठले बताए ।

गठबन्धनले सर्वोच्च अदालतले संविधानलाई सही ट्रयाकमा लगाउने दिशातिर नै फैसला गर्ने आशा गरेको  संविधानलाई सही ट्रयाकमा ल्याउने निर्णय गर्न कोभिड-१९ बीचमा पनि जनतालाई जाग्रित बनाउन के गर्न सकिन्छ, त्यो बारेमा सल्लाह पनि सल्लाह भइरहेको उनले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार