देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सबै राष्ट्रमा कोरोना विरुद्धको खोपको समान पहुँच पुर्‍याउने प्रतिवद्धता

0

काठमाडौं – विश्वका समृद्ध २० मुलुकहरुले सबै राष्ट्रमा कोरोना संक्रमण विरुद्धको खोपको समान पहुँच पुर्‍याउन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् ।

महामारीले धनी र गरीब राष्ट्रबीचको खाडल थप बढ्ने खतरा रहेको भन्दै उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । साउदी अरबको नेतृत्वमा भएको जी ट्वान्टी मुलुकको भर्चुअल बैठकमा सबैका लागि सस्तो, सुलभ र न्यायसंगत खोपको पहुँच सुनिश्चितताका लागि कुनै कसर बाँकी नराख्ने जनाएको हो ।

कुनै एक मुलुकलाई पछि छोडे समग्र विश्व नै पछाडि धकेलिने साउदी अरबका अर्थमन्त्री मोहम्म अद जदानले बताए । कोभिड–१९ महामारी र यसको अभूतपूर्व प्रभावले संक्रमण विरुद्धको लडाई र तयारीमा भईरहेको कमजोरी तथा विश्वको साझा चुनौतीलाई रेखांकित गरेको सम्मेलनले औंल्याएको छ ।

जी ट्वान्टी मुलुकहरुले मानवीय संवेदनशीलतालाई केन्द्रमा राखेर जीवन रक्षा तथा सहयोग कार्य जारी राख्दै अर्थतन्त्रलाई पूरानै स्थानमा फर्काउन पहल गर्ने जनाएका छन् ।

विश्वमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ६ करोड नजिक पुगेको छ । संक्रमणका कारण १३ लाख ९५ हजार ६५८ जनाको मृत्यु भईसकेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार