देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सभापतिको साझा उम्मेदवार तय गर्न पौडेल पक्षको निर्णायक बैठक जारी

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक अनुपम फुडल्याण्डमा सुरु भएको छ ।

१४ औं महाधिवेशनमा आफ्नो समूहबाट साझा उम्मेदवारको टुंगो लगाउन बैठक बसेको हो । सभापतिको साझा उम्मेदवार तय गर्न यो नै निर्णायक बैठक हुने बैठकमा सहभागी नेताहरुले बताएका छन् ।

नेता कार्यकर्ताहरुले देउवासँग प्रतिस्पर्धा गर्न एकजना मात्रै सभापतिका लागि अगाडी बढ्नुपर्ने दबाव दिइरहेका बेला नेताहरु निरन्तर छलफलमा छन् ।

इतर समूहबाट अहिले वरिष्ठ नेता पौडेल, नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, शशांक कोइरालाले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।

शशांकले पौडेलका लागि आफू ‘ब्याक’ तयार भएको बताएपनि शेखर र प्रकाशमानले भने आफ्नो दावी छाडेका छैनन् ।

आजबाट सुरु भएको महाधिवेशनमा उपसभापति विमलेन्द्र निधिले समेत आफू सभापतिमा लड्ने बताइसकेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार