देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘सभापतिमा शेखर दालाई छोड्छु भनेको छैन’ – शशांक

0

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीको १४ औं अधिवेशनमा आफू नै सभापतिको उम्मेदवार हुने बताएका छन् । उनले यसअघि पनि आफूले कसैलाई सभापतिमा समर्थन गर्छु भनेर वचन नदिएको बताएका छन् ।

यसअघि शशांक र शेखर कोइरालाबीच सहमति भइसकेको र शशांकले सभापतिमा शेखरलाई समर्थन गर्ने समाचार बाहिरिएको थियो ।

प्रदेश अधिवेशनको तयारीका लागि पोखरा पुगेका शशांकले दाजु शेखरभन्दा आफू नै कांग्रेस सभापतिका लागि उपयुक्त उम्मेदवार भएको समेत दोहोर्याएका छन् ।

त्यसपछि यी दुई कोइराला दाजुभाइबीच कुराकानी वा छलफलसमेत हुन सकेको छैन । यहीबीच शशांकले आफूले यसअघि कसैलाई पनि सभापतिमा समर्थन गर्छु भनेर वचन नदिएको बताएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार