देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सभापतिमा साझा उम्मेदवार छान्न कांग्रेस संस्थापनइतर समूहको बैठक बस्दै

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौँ – नेपाली कांग्रेसमा संस्थापनइतर समूहको बैठक आज बिहान पनि बस्ने भएको छ । संस्थापन इतर समुहबाट साझा उम्मेदवार बनाउने तयारीका लागी यो बैठक बस्न लागैको हो ।

कांग्रेसको १४औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले सभापतिमा साझा उम्मेदवार बनाउने तयारी गरेका छन् ।

त्यसका लागि सोमबार साँझ पौडेल निवास बोहराटारमा बैठक बसेको थियो । सहमति नजिक पुगिएको भनिएतापनी बैठक बिनानिष्कर्ष टुङ्गिएको थियो ।

बैठकमा सभापतिका आकांक्षीमध्येबाट एक जनामात्र उम्मेदवार बनाउने समझदारी भएकामा आज फेरि दिउँसो १ बजे नेता सिंहको चाक्सीबारीस्थित निवासमा केन्द्रीय सदस्यको बैठक बस्न लागेको हो।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार