देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सभामुखको पहल निष्कर्षविहीन, संसद अरोध गर्ने तयारीमा काँग्रेस

0
<p>फोटो संसद सचिवालय</p>

फोटो संसद सचिवालय

काठमाडौं  – संसद्को मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्ने विषयमा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग यथावत राखेको छ।

सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख चार दलसँग मंगलबार गरेको छलफलमा कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायमै रहेको बताएपछि बैठक निष्कर्षविहीन बनेको छ।

सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री लामिछानेको संलग्नता देखिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने दबाब दिँदै आएको छ। उक्त माग पूरा नभएपछि गृहमन्त्री लामिछानेलाई रोस्टममा जानसमेत रोक लगाउने कांग्रेसको तयारी छ।

संसद्मा मंगलबार गृहमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी संशोधित विधेयक पेस गर्ने कार्यसूची छ। त्यसैले बैठकमा कुनै अवरोध नहोस् भनेर सभामुख घिमिरेले संसदमा रहेका प्रमुख चार दलसँग छलफल गरेका हुन्।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले लाखौं नेपाली नागरिकको बचत अपचलन भएको र त्यसमा बहालवाला मन्त्रीहरूको संलग्नता रहेकाले संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेको बताए। उनले जबर्जस्ती संसद् सञ्चालन गरिए अवरुद्ध पार्ने संकेत समेत गरे। 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार