देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘सभामुखलाई जोगाउन प्रधानन्यायाधीशलाई महाअभियोग’ – कमल थापा

0

​​​​​​​काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले हत्या अभियोगबाट सभामुखलाई जोगाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग लगाइएको आरोप लगाएका छन्।

अध्यक्ष थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानन्यायाधीशलाई हटाउनु पर्ने बेला चुपचाप बस्ने नेपाली काँग्रेस अहिले एमसीसी पास गर्ने स्वार्थ र हत्या अभियोग लागेका सभामुखलाई जोगाउन लागेको बताए।

थापाले लेखेका छन्, ‘प्रधानन्याधीशलाई हटाउनु पर्ने बेला चुपचाप बस्ने,अहिले एमसीसी पास गर्ने (कांग्रेस स्वार्थ), हत्या अभियोगबाट सभामुखलाई जोगाउने (माओवादी स्वार्थ) र नेकपा (एस) को सासंद पद जोगाउने प्रपंचमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव ल्याउनु गैरजिम्मेवारी र वर्तमान राजनीति भित्र रहेको विकृतिको नमुना हो ।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार